AArya
RUMPUM
animated ellipse animated ellipse

भारतमा आइतबार जनता कर्फ्यू घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७६, बिहीबार २१:१३
3
Shares
फाइल तस्वीर

विराटनगर /भारतमा आउँदो आइतबार जनता कर्फ्यू घोषणा गरेकीएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझमा जनतालाई सम्वोधन गर्दै आइतबार विहान ७ बजेदेखि राती ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका हुन् । उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न सवैलाई आह्वान गरेका छन् । जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट सवै जनताले ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत आग्रह गरेका छन् ।

संकटको समयमा आफ्नो एक ख्याल राख्न र अस्पतालमा दबाव नबढाउन पनि प्रधानमन्त्री मोदीले टेलिभिजन संबोधनमार्फत आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर