विराटनगर / विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ कोराना रोगका कारण देखाउँदै मोरङमा हिसान मोरङले लिदै आएको कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ ।
हिसान मोरङको आज बसेको वैठकले कक्षा १२ को परीक्षालगायत चैत १४ गतेदेखि हुने कक्षा ११ परीक्षा अर्को सुचना नहुन्जेलसम्मका लागी परीक्षा स्थगित गरिएको मोरङ हिसानका अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार नेपाल सरकारले चैत्र मसान्तसम्म सम्पूर्ण परीक्षा तथा पठन पाठन स्थगित गरेको कारणले हिसानले पनि सवै परीक्षा स्थगित गरेको बताए ।
तपाईको प्रतिक्रिया