AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बैंक व्याजदर, आयकर लगायतमा उचित सहुलियत दिनुपर्ने उद्योगिको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७६, बुधबार २१:११
3
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पूर्वका उद्यमी ब्यवसायीहरुले आज ज्ञापन पत्र बुझाएका छन् ।

मुख्य मन्त्री राइसँग भेट गरी वर्तमान परिवेशमा निजी क्षेत्रका औद्योगिक–व्यवसायीक क्षेत्रले भोगिरहेका समस्याहरु बारे अवगत गराई ज्ञापन पत्र बुझाएका हुन् ।
संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको उद्योगी–व्यवसायीहरुको टोलीले विश्वव्यापी महामारी कोरोनाका कारण मोरङ–सुनसरी कोरिडोरका औद्योगिक –व्यवसायिक क्षेत्रमा असर परेको जनाएका थिए ।

प्रतिनिधि मण्डलले मुलुकका दुई ठूला खुल्ला नाकाहरु विराटनगर र काँकडभिट्टाबाट हजारौँ मानिसहरुको आवत–जावत हुने हुँदा संक्रमणको जोखिम उच्च हुन सक्ने भएकाागि प्रभावकारी कदम चाल्न सुझाएका थिए । अध्यक्ष मुन्दडाले बजारमा हाल अत्यावश्यक वस्तु बाहेक अन्य औद्योगिक वस्तुहरु विक्री वितरणमा कमि आएकोले त्यसले उद्योग व्यवसायमा दिर्घकालिन असर पर्ने कुराप्रति सचेत रहन आग्रह गरेका थिए ।

प्रतिनिधि मण्डलले विद्युत महशुल बृद्धि गर्ने प्रस्ताव न्यायिक नरहेको बताउँदै बैंक व्याजदर, आयकर लगायतमा उचित सहुलियत दिनुपर्ने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर