अन्तर कलेज फुटबलमा उपाधिका लागि भिड्दै निहारिका र ग्रिनल्याण्ड

खबर पूर्वाञ्चल, ५ चैत्र २०७६, बुधबार २०:०३

विराटनगर / विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका र ग्रिनल्याण्ड कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

विराट बुद्ध स्पोर्टिङ क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विराटनगरको निहारिका कलेजले विराटनगरकै कोशी मल्टिपल कलेजलाई ३–१ गोलमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ भने विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई १–० गोलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा निहारिकाले कोशी मल्टिपललाई ३–१ को गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ३० औं मिनेटमा निहारिकाका सुजन शर्माले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४३ औं मिनेटमा कोशीका रितिक खड्काले गोल गरे । ४८ औं मिनेटमा निहारिकाका मनकुमार राईले गोल गरे । ५५ औं मिनेटमा निहारिकाका लागि सनम धिमालले गोल गर्दै टोलीलाई थप अग्रता दिलाए ।

खेलको म्यान अफ द म्याच निहारिकाका मनकुमार राई भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै कान्तिपुर कलेजलाई १–० गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । खेलको ६२ औं मिनेटमा ग्रिनल्याण्डका संजय धिमालले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका संजय धिमाल भए । उनले नगद ३१ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य सहयोगी संस्था विराटनगर महानगरपालिका र सानिमा इन्स्योरेन्स, न्यूरो अस्पताल र बैंकतर्फ सप्तकोसी बैंकको सहयोग रहेको छ ।

प्रतियोगिताको फाइनल खेल बिहीबार निहारिका कलेज र ग्रिनल्याण्ड कलेजबीच हुने आयोजक क्लबका अध्यक्ष रोहित कोइरालालो जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५