AArya
RUMPUM
animated ellipse animated ellipse

एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७६, बुधबार १८:४८
45
Shares
फाइल तस्वीर

विराटनगर / अन्तिम समयमा आएर सरकारले माध्यमिक शिक्षा (एसईई ) परीक्षा रोक्ने निर्णय गरेको छ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।

उपप्रधानमन्त्री पोखरेलले संचारकर्मीसंग भने, ‘एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।’ स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । 

यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर