विराटनगर / अन्तिम समयमा आएर सरकारले माध्यमिक शिक्षा (एसईई ) परीक्षा रोक्ने निर्णय गरेको छ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।
उपप्रधानमन्त्री पोखरेलले संचारकर्मीसंग भने, ‘एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।’ स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।
यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।
I think its a good idea, as we all are aware of the pandemic situation. I agree and appreciate the decision.Thank you for your great decision.
Yo exam yaba kahi LA deakhi hun cha Bhan hami intajar ma chau