विराटनगर १९ मा पशु स्वास्थ्य शिविर

खबर पूर्वाञ्चल, ३ चैत्र २०७६, सोमबार २२:०६

विराटनगर / विराटनगर महानगरपालिकाले एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर आयोजना सम्पन्न गरेको छ ।

आज महानगर स्थित वडा नं १९ मा गरिएको शिविरमा ५सय ८ वटा पशुको स्वास्थ्य परिक्षण गरिएको भेटनरी शाखा प्रमुख हिरालाल यादवले जानकारी दिए । शिविरमा नाम्लेजुकाको औषधी वितरण ,बेरामी पशुको परिक्षण ,गर्भपरिक्षण ,शल्यक्रिया ,बोका र बहरको बन्ध्याकरण लगायतका काम गरिएको छ ।

महानगर भित्रका केही वडाहरुमा कृषकहरुको राम्रै बस्ति छ । यसखाले कार्यक्रमले कृषकहरु लाभान्वित भएका छन् । पशुवाट मानिसले धेरै लाभ लिए पनि पशु प्रति गरिने ब्यवहारमा परिवर्तन ल्याउन भन्दै महानगरले यसखाले कार्यक्रम ल्याएको हो । शिविरमा सहभागि भएका मेयर भीम पराजुलीले मानवले पशुहरु बाट लिने लाभ संगै उनीहरुप्रति गरिने ब्यवहारमा सद्भाव देखाउन निशुल्क स्वास्थ्य शिविर आयोजनाका लागि पहलकदमी लिएको बताए ।

महानगर भित्रका पशु पालक कृषकलाई लाभ हुने गरी थप कार्यक्रम ल्याइने मेयर पराजुलीले बताए । यस्तै वडाध्यक्ष बद्री सरदारले आफ्नो वडामा पशुपालक कृषकको संख्या बढी भएको र लाभान्भित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५