पूर्वाञ्चल खबर
झापा / झापाको भद्रपुर नगरपालिका ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका ८ का ३८ बर्षीय बमबहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित भद्रपुरबाट पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।