विराटनगर / विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय विजयी भएको छ ।
विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दुहबीको महेन्द्र मेमोरियल मावि र विराटनगरको कोशी मल्टिपल कलेज दुवै बराबरी गर्दै अंक बाँडेका छन् भने रंगेलीको जनप्रिय माविले विराटनगरको कान्तिपुर कलेजलाई पराजित ग¥यो ।
प्रतियोगिताको पहिलो खेलमा दुहबीको महेन्द्र मेमोरियल मावि र विराटनगरको कोशी मल्टिपल कलेज दुवै १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका छन् ।
खेलको १५ औं मिनेटमा महेन्द्र मेमोरियलका अभिषेक कालिकोटेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा कोसीका कासिम राईले गोल गर्दै खेललाई बराबरी पारेका थिए । खेलको म्यान अफ द म्याच महेन्द्र मेमोरियलका अभिषेक कालिकोटे भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा रंगेलीको जनप्रिय माविले विराटनगरको कान्तिपुर कलेजलाई २–१ गोल अन्तरमा पराजित गरेको छ । खेलको छैटौं मिनेटमा कान्तिपुरका सन्तोष श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । २० औं मिनेटमा जनप्रियका मताल हेमरमले गोल गर्दै खेल बराबरी पारे । ४७ औं मिनेटमा जनप्रियका मदन राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच जनप्रियका सुशान्त खवास भए । उनले ३१ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समूह ‘ए’ तर्फ ग्रिनल्याण्डको ४, निहारिकाको ४, रेडस्टारको ३ अंक रहेको छ भने हिमाल दर्शन कलेजले कुनै अंक जोड्न सकेको छैन । समूह ‘बी’ तर्फ महेन्द्र मेमोरियलको ४, कान्तिपुरको ३, जनप्रियको ३ र कोशी मल्टिपलको १ अंक रहेको छ ।
आइतबारको पहिलो खेल विराटनगरको निहारिका कलेज र पथरीको रेडस्टार मावि तथा दोस्रो खेल विराटनगरको हिमालाय दर्शन कलेज र विराटनगरकै ग्रिनल्याण्ड कलेजबीच प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया