पेस्तोलसहित भारतिय नागरिक पक्राउ

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७६, शुक्रबार १४:०१

रंगेली/ मोरङ सुनवर्षी ८ हर्चनगढी स्थितबाट ३ भारतिय नागरिक हतियारसहित पक्राउ परेका छन् ।

विहिबार राती कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको इप्रका रंगेलीका प्रहरी निरिक्षक खनाथ दाहालले जानकारी दिए । पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारतका २१ बर्षीय अजयकुमार मण्डल, १८ बर्षीय आन्नदकुमार मण्डल र २१ बर्षीय राकेशकुमार साह रहेका मोरङ प्रहरीले जनाएको छ ।

हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनीहरुको साथमा १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सिसिको पल्सर मोटरसाईकलसहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले हातहतियार खरखजना अन्तर्गत जिल्ला अदालत मोरङमा म्यात थप गरि अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५