महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७६, बिहीबार १८:०१

विराटनगर / मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने योजना अगाडी सारेको छ ।

विपन्न वर्ग कार्यक्रम अन्तर्गत नबिल बैंकसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गरिने भएको हो ।

सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपिँयादेखि १० लाख रुपिँयासम्मको कर्जा उपलब्ध गराईने अध्यक्ष सम्भुप्रसाद रौनियारले जानकारी दिए । कर्जा प्रवाहका लागि नबिल बैंकको प्रादेशिक कार्यालयसँग सम्झौता गरिएको हो ।

कर्जा लिन चाहने महिला उद्यमीहरुले सहकारीमार्फत आफ्नो कागजात पेश गर्नेछन् । सहकारीले सिफारिस गरेका उद्यमीलाई बैंकले कर्जा उपलब्ध गराउने छ, अध्यक्ष रौनियारले भन्नुभयो–महिला उद्यमीका लागि सहकारी बैंक ग्यारेन्टीको रुपमा जिम्मेवार बन्छ ।

कर्जा लिनका लागि व्यवसाय दर्ता र पान नम्बरसहित आफ्नो कागजात पेश गरेपछि सहकारीले बैंकमा सिफारिस गर्नेछ । उद्यमीले एकलाखदेखि १० लाख रुपिँयासम्म कर्जा लिएर चारवर्षसम्मको अवधीमा भुक्तानी गर्नसक्ने प्रावधान राखिएको छ । यसरी भुक्तानी समय किटान गरिएको अवधी भित्रै ऋण तिर्ने उद्यमीलाई ४ प्रतिशत मात्रै ब्याजदर तोकिएको अध्यक्ष रौनियारले दावी गरे ।

नबिल बैंकका प्रादेशिक कार्यालय विराटनगर प्रमुख मोहन सुब्बाले बैंकको पहुँच बाहिर रहेका ग्रामिण क्षेत्रका नागरिकलाई बैंकसम्म ल्याउनका लागि सहकारीसँगको सहकार्यमा कर्जा प्रवाह गर्न लागिएको बताए । उनले ग्रामिण क्षेत्रका विपन्न महिलाहरु लक्षित यो कार्यक्रमलाई नेपाल राष्ट्र बैंकको परिपत्रका आधारमा अगाडी सारिएको दावी गरे ।

नेपाल राष्ट्र बैंकले विपन्न वर्गका लागि निजी बैंकहरुले अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने परिपत्र गरेको छ, प्रादेशिक प्रमुख सुब्बाले भने–बैंक आफैंले यस्तो क्षेत्र पहिचान गर्न नसक्ने अवस्थामा छ, अनि सहकारीसँगको सहकार्यमा कार्यक्रम बढाएका हौं । सहकारीमा ग्रामिण महिलाहरुको पहुँच जोडिएका कारण कार्यक्रम सफल हुने विश्वास राखिएको छ ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा रहेको उमा–गौरी कृषि सहकारीमा छ हजार १२५ जना शेयर सदस्य रहेका छन् । ग्रामिण क्षेत्रमा आधारित सहकारीले कृषि उद्यमको कर्जालाई बढी प्राथमिकतामा राखेको छ । त्यस बाहेक व्यवसाय गर्नेहरुका लागि समेत कर्जा उपलब्ध गराईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५