विराटनगरका युवाले सर्वसाधारणहरुलाई निःशुल्क वितरण गरे मास्क

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७६, शनिबार २०:५९

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा आज सर्वसाधारणहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिँदै गएको नोभेल कोरोना भाईरसको संक्रमणबाट बच्न विराटनगरको हनुमान मन्दिर अगाडी उभिएर युवाहरुले सर्वसाधारणलाई मास्क वितरण गरिएको अभियन्ता चांद बाबु इराकीले बताए ।

सामाजिक अभियन्ता चान्द ईराकीको पहलमा विभिन्न दाताहरुको सहयोगमा हजार थान टु लेयर मास्क सङकलन गरी वितरण गरिएको छ । कोरोना भाईरसको नाममा जारी कालाबजारीलार्इ पनि निरुत्साहित पार्ने उद्देश्यले मास्क वितरण गरिएको अभियन्ता ईराकीले बताए ।

कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सचिव वसीम आलमले कोरोना भाईरसको नाममा मास्कको कृत्रिम अभाव सिर्जना गरी पैसा कमाउनेलाई समेत अबिलम्ब कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक विश्व अधिकारीले कोरोना भाईरसबाट जोगिन सर्वप्रथम आफैले संयमता अपनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भाईरसको नाममा आतङक फैलाउने र कालाबजारी गर्नेलाई कानुनको दायरामा ल्याउन सबै आम नागरिक पनि जागरुक हुनुपर्ने बताए।

मास्क वितरणको क्रममा सर्वसाधारणहरुलाई कोरोना भाईरसको लक्षण र यसबाट जोगिन अपनाउनुपर्ने सावधानीहरु बारे समेत जानकारी गराईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५