जनप्रतिनिधिका लागि उद्घोषण तालिम

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७६, शनिबार १९:५३

विराटनगर / विराटनगर महानगरपालिकाका दलित महिला जनप्रतिनिधिका लागि आजदेखि तीन दिने उद्घोषण तथा नेतृत्व विकास संवन्धिको तालिम शुरु भएको छ ।

विराटनगर महानगरपालिका वडा नं. १ को आयोजनामा शुरु भएको तालिममा १९ वटै वडाका दलित महिला जनप्रतिनिधिको सहभागिता रहेको छ । दलित महिला जनप्रतिनिधिहरुको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण र नेतृत्व विकास संवन्धिको तालिम आयोजना गरिएको वडाध्यक्ष उद्धव अर्यालले बताए । तालिमको शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले जनप्रतिनिधिहरुले आत्मविश्वासका साथ कुरा राख्न सक्नु पर्ने बताइन् । आत्मविश्वासका साथ कुरा राख्न सकिएन भने पछि परिने उनले बताइन् । तालिमबाट महिला जनप्रतिनिधिको क्षमता विकास हुने विश्वास उपमेयर कार्कीले व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल दलित संघ मोरंग जिल्ला अध्यक्ष रामकुमार विश्वकर्मा, नेपाल महिला संघ मोरंगकी सचिव प्रमिला थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५