लागुऔषध ब्राउनसुगरसहित २ जना झापाबाट पक्राउ

खबर पूर्वाञ्चल, २२ फाल्गुन २०७६, बिहीबार १९:५०

झापा / झापाको काँकडभिट्टा ६ भन्सार मुलगेट अगाडीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका ४ का २७ बर्षीय निशान राई र झापा दमक १ का २४ बर्षीय रोशन पोद्दार रहेका छन ।

आज अपरान्ह सवाँ ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई मोटरसाईकल चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकी भित्र प्लास्टिकमा पोको पारेर लुकाई छिपाई राखिएको अवस्थामा २६ ग्राम खैरो हिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५