विराटनगर / विराटनगरका पत्रकार अनुज सापकोटा र सुजाता लिङ्लेकुलाई भारतको जोगबनीमा सम्मान गरिएको छ ।
आसियाना इन्टरनेश्नल जर्नलिष्ट काउन्सीलले आज जोगवनीमा गरेको होली मिलन समारोहमा सापकोटा र लिङ्लेकुलाई सम्मानित गरिएको थियो । सापकोटा स्थानिय न्यू सृष्टि दैनिक र लिङ्लेकु मकालु खबर डट कममा आवद्ध रहेका छन् । उनीहरलाई पत्रकारितामा विभिन्न समयमा भारत र नेपालको हितको पक्षमा खबरको माध्यमबाट निर्वाह गरेको महत्वपूर्ण भुमिकाको मूल्याङ्कन गर्दै सम्मानित गरिएको हो ।
पत्रकारलाई कांग्रेस नेता दिलिप घाडेवा, न्यूज १८ का विहार व्यूरो चिफ सतिसकुमार मिश्र, हिन्दूस्तान टाइम्सका वरूण मिश्रा, प्रभात खबरका सुजीत भारती, संविधान सभा सदस्य आशा सरदारलगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
तपाईको प्रतिक्रिया