सप्तकोशी नदिको किनारमा युवा र युवतीको शव फेला

खबर पूर्वाञ्चल, १९ फाल्गुन २०७६, सोमबार १९:३०

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका दुई युवा र युवतीको शव सप्तकोशी किनारमा फेला परेको छ ।

आइतबारदेखि घरबाट हराएका बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव आज दिउँसो सप्तकोशी किनारमा फेला परेको हो ।

उनीहरुको मोबाइल र चप्पल कोशी किनारमा भेटिएका लिम्बु र बर्देवाको शव सोमबार नदीको ५ सय मिटर तलमाथि भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए ।

मोबाइल भेटिएको स्थानदेखि केही पर कोशी किनारमा बर्देवाको शव भेटिएको थियो । उनको शव भेटिएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा लिम्बुको शव भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जनाबीच प्रेम सम्बन्ध भएको र परिवारबाट समस्या भएपछि कोशीमा हाम्फाल्ने निर्णय गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

घाँस काट्नेले केटीले शव देखि प्रहरीलाई खवर गरेका थिए । शव भेटिएपछि खोजी ठाकुरबारी भन्ने स्थानमा युवक र युवतीका चप्पल र मोबाइल भेटिएको थियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५