AArya
RUMPUM
animated ellipse animated ellipse

जोगबनीमा इन्डो–नेपाल टि–२० क्रिकेट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०७६, आईतवार २०:३७
3
Shares
अररियाविरुद्ध ब्याटिङ गर्दै विराटनगरका दिपक पासवाल । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
जोगबनी /भारतको जोगबनीमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा विराटनगरको वाइआरसिसि क्रिकेट क्लव पराजित भएको छ । विराटनगर भारतको अररिया–११ सँग २० रनले पराजित भएको छ ।

टस जितर ब्याटिङ गरेको अररियाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १४ रनको समान्य योगफल तयार पारेको थियो । अररियाका सन्जु सिंहले ३३ रन बनाउँदा देव झाले ३१ रनको योगदान दिए । विराटनगरका ललितसिंह राजवंशीले ३ विकेट लिँदा अजय राजवंशी र कुश झाले २–२ तथा सिद्धान्त लोहनी र सन्तोष महारानाले १–१ विकेट लिए ।

जवाफमा १ सय १५ रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभरमा सवै विकेट गुमाई ९४ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि सिद्धान्त लोहनीले २९ रन जोड्दा रितेष माझीले ११ रन जोडे ।

मार्च १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालको ४ र भारत १४ गर १८ टिमको सहभागि रहेको खेल सम्योजक फिराज खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर