शिक्षादिप कलेजमा रक्तदान

खबर पूर्वाञ्चल, १८ फाल्गुन २०७६, आईतवार १७:०१

विराटनगर / विराटनगरमा रहेको शिक्षादिप कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कलेजको प्राङगणमा आज आइतबार भएको रक्तादानमा ८६ पिन्ट रगत संकलन गरीएको कलेजका व्यवस्थापन संकायका को–अडिनेट शंकर भट्टराईले जानकारी दिए ।

रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथी, कर्मचारी र कलेजमा अध्ययापन गराउँने शिक्षक तथा शिक्षिकालेहरूले रक्तादन गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको को–अडिनेट भट्टराईले जानकारी दिए ।

रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको को–अडिनेट भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५