विराटनगर / यौनिक तथा अल्पसंख्यकहरूले सम्मानजनक रूपमा बाच्न पाउनुपर्ने बताएका छन् । अहिले पनि तेल्रोलिंगीहरूलाई विभेदपूर्ण रूपमा हेर्ने भएकोले सम्मानजनक रूपमा बाच्न पाउनुपर्ने बताएका हुन् ।
परिवर्तनशिल समाजले विराटनगरमा आयोजना गरेको आन्र्तक्रिया कार्यक्रममा उनीहरूले राज्यको हरेक निकायमा क्षमताको आधारमा रोजगारको व्यवस्था राज्यले गर्नुपर्ने माग राखे । कार्यक्रममा तेस्रो लिंङगी नुमा लिम्बु चन्चलाले समलिङ्ग तथा तेस्रो लिंङ्गगीहरूलाई पहिचानसहितको नागरिकता प्रदान गरि क्षमताको आधारमा रोजगारको वातरण सृजना गरिदिनुपर्ने बताइन् । लोकसेवामार्फत लिने परीक्षामा महिला र पुरूसहित अन्य कोटा भनेर पनि खुलाउनुपर्ने उनले बताइन् ।
परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङ करिब २१ हजार तेस्रो लिंगी तथा समलिङ्गी रहेको जानकारी दिदै राज्यको हरेक निकायमा यौनिक तथा अल्पसंख्यकलाई समेटर अगाडी बढनुपर्ने बताइन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय भएको कारणले विभीन्न खाले भेदभावको शिकार हुनु परेको उनीहरूले बताए ।
कार्यक्रममा निलहिरा समाजका देवनारयण चौधरीले यौनिक तथा अल्पसंख्यकहरूलाई राज्यको कुनै पनि निकायमा रोजगारी नपाएको गुनासो गरे । ‘सरकारी र निजी क्षेत्रमा पनि अहिलेसम्म यौनिक तथा अल्पसंख्यकहरूले रोजगारी पाएका छैनन,’ उनले भने, ‘राज्यले यौनिक तथा अल्पसंख्यकको लागि कोटा छुटयाउनु पर्दछ ।’ राज्यले बनाउने नीति निर्माणमा यौनिक तथा अल्पसंख्यकलाई समेटनुपर्ने उनले बताए । यौनिक तथा अल्पसंख्यकहरूको नेतृत्व र क्षमता अभिवृद्ध गरिन राज्यले बजेट पनि बिनायोजन गरि कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया