गोग्राहा मावि पूर्व विधार्थी मञ्चको अध्यक्षमा रेग्मी

खबर पूर्वाञ्चल, १७ फाल्गुन २०७६, शनिबार २०:१५

विराटनगर / गोग्राहा माध्यमिक विधालय विराटनगर—४ ले आज आयोजना गरेको पूर्व विधार्थी भेलाले शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षद्धयमा स्वीकृति रेग्मी , रोशन बुढाथोकी , सचिवद्धयमा मुरारी दाहाल , शरद घिमिरे , सहसचिवमा गीता पोखरेल र कोषाध्यक्षमा प्रकाशहरि दाहाललाई चयन गरेको छ ।

सदस्यहरुमा उमा निरौला , रञ्जिता रिजाल ,प्रमिला गच्छदार सुजन दाहाल , रमेशकुमार अधिकारी , बिमल बुढाथोकी , राजेश दाहाल , बिशाल पोखरेल , तेजनारायण राजवंशी ,गोकर्ण अधिकारी , पुष्पा न्यौपाने , निरु पुडासैनी हरेराम मण्डल र पुष्पा न्यौपानेलाई चयन गरेको विधालयका प्रधानाध्यापक टंकप्रसाद सिटौलाले बताए ।

विस २००९ सालमा स्थापित यो विराटनगरको पुरानो विधालय हो । प्रधानाध्यापक सिटौलाले विधालयको सर्वोपरि हितलाई ध्यानमा राख्दै पूर्व विधार्थहरुको भेला आयोजना गरि समिति गठन गरिएको जानकारी दिए । भेलामा विधालयले पूर्व प्रधानाध्यापकहरु सुश्री मीना जोशी , ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डां शेखर कोइरालाले भेलाको उदघाटन गरेका हुन । सरकारी विधालयको गुणस्तर सुधार नगरेसम्म देश समृद्धीको बाटोतर्फ लम्कन नसक्ने कोइरालाले बताए । प्रदेश न १ कांग्रेसका प्रमुख सचेतक केदार कार्की , प्रदेश सभा सदस्य बिन्धिया कार्की , नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी , विधालयका प्रधानाध्यक टंकप्रसाद सिटौला , पूर्व प्रधानाध्यापक वेदकुमार खतिवडा , ज्ञानबहादुर बुढाथोकी , दुखाराम गच्छदार ,गुराँस पुस्तकालका सभापति दिपक चाँपागाई , कांग्रेस नेता केदार अधिकारीलगायतले पूर्व विधाथीको भेलाको आवश्यकताका बारेमा प्रकाश पारे ।

यस्तै भेलाले मीना जोशी , ज्ञानबहादुर बुढाथोकी ,दुखाराम गच्छदार , सुनिलकुमार पौडेल, टंकप्रसाद सिटौला , केदार अधिकारी , बिन्ध्या कार्की , दिपक चाँपागाई , सुर्दशन भट्टराई , राधाकृष्ण रेग्मी , अशोक रेग्मी , काजीबाबु पोखरेल , सुनिल पाण्डे , सागरकुमार थापा , र भोला यादवलाई सल्लाहाकारमा मनोनयन गरेको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५