समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई उपप्रधानमन्त्री पोखरेलको आव्हान

खबर पूर्वाञ्चल, १६ फाल्गुन २०७६, शुक्रबार २०:४४

विराटनगर / वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

आज साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढंगले नियुक्ति हुनु भएको हो र पार्टी भित्र अर्को प्रधानमन्त्रीका सम्वन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे ।

वर्तमान सरकार आफ्नो हैसियतमा रहेको रहेको भन्दै रक्षामन्त्री पोखरेलले पार्टीको हवालावाट सार्वजनिक भएको समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आव्हान समेत गरे ।

रक्षामन्त्री पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी सचिवालयले पार्टी उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको सिफारिश गर्ने निर्णय आफ्नो प्रक्रियावाट भएको र कार्यान्वयन हुनका लागि भएको बताउदै तर यसको विधि र प्रक्रिया रहेको र त्यसका विरुद्ध प्रधानमन्त्रीले केही वोल्नु नभएको जानकारी दिए ।

पार्टी सचिवलय सदस्य समेत रहेका रक्षामन्त्री पोखरेलले निर्णय कार्यान्वयनमा कुनै समय र मिति नतोकिएको हुनाले यो हुन पनि सक्छ नहुन पनि सक्ने जानकारी गराए ।

एक व्यक्तिलाई मात्र प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन नगरी अभ्यास, अनुभव र औचित्यको आधारमा हुने रक्षामन्त्री पोखरेलले भने । मुलुकमा अस्थिरता उत्पन्न गर्न भइरहेको विभिन्न षडयन्त्रलाई परास्त गर्ने दावी गर्दै रक्षामन्त्री पोखरेलले पार्टी भित्र समेत विवाद सिर्जना कार्य भइरहेको जानकारी दिए ।

रक्षामन्त्री पोखरेलले नेपाल ट्रष्टले सार्वजनिक गरेको स्वेतपत्र सत्य तत्यको आधारमा भएको बताउदै यसमा केही तिथिमिति तलमाथि भएको हुनसक्छ बताए । उनले स्वेतपत्र कसैलाई वदनितपूर्णवाट होच्याउन आधारमा नभएको भन्दैसर्वसाधारणलाई जानकारीका लागि सार्वजनिक गरेको र यसमा भएको केही मितिहरु सच्चाउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५