RUMPUM
animated ellipse animated ellipse

क्यान्सरबाट पीडित पत्रकार पौडेलको उपचारमा सहयोग जुड्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७६, शुक्रबार १९:३१
3
Shares
विराटनगर / ब्लड क्यान्सरबाट पीडित कमल पौडेलको उपचारका लागि लायन्स क्लब विराटनगर एक्टिभले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि लायन्स क्लव एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले मकालु टेलिभिजनका प्रोडक्सन विभाग प्रमुख अभयकुमार राईलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तराण गरेका थिए । चेक हस्तान्तरण गर्दै कार्कीले उपचारका लागि थप सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गरेका थिए।

मकालु टेलिभिजनका समाचार प्रमुख रहेका पत्रकार पौडेललाई उपचारका लागि देशभित्र मात्रै नभई विदेशबाट पनि सहयोग जुटिरहेको टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितले जानकारी दिए । यसै रकम संकलनका क्रममा मकालु टेलिभिजनले विराटनगरस्थित प्राइम कमर्सियल बैंकमा मकालु मिडियाको नामममा ०२०००८२१ सिए खाता सञ्चालनमा ल्याएको छ। सो खातामा समेत रकम संकलन हुन थालेको छ।

त्यसैगरि,अन्तर्राष्ट्रिय नेपाली पत्रकार समाजका साथै क्यानाडा, युरोप, अमेरिका, जापान, हङकङलगायतका मुलुकमा रहेका नेपालीहरुबाट पनि सहयोग संकलन हुने क्रम जारी छ । पौडेलको उपचारका लागि मकालु टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ र मोरङ शाखाले सञ्चालन गरेको खातामा समेत रकम जम्मा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर