सहमतीको आधारमा प्रदेशको नामाकरणका यही अधिवेशनमा हुनु पर्छ

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार २१:३२

विराटनगर / प्रदेश सभाको शून्य समयमा बोल्दैे प्रदेश १ का उद्योग, पर्यटन , बन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले नेपाल सरकारले तोकेका वन्यजन्तुवाट किसानका वाली नोक्सानी भएमा क्षतिपूर्तिको व्यवस्था सरकारले जिल्ला वन कार्यालयको सिफारिश अनुसार दिने बताए ।

मन्त्री कुसियतले प्रदेश सरकारले यस वर्ष २ करोड ९५ लाख रकम छुट्याएको र मोरङ, सुनसरी झापाका लागि १०÷१० लाख लगायत अन्य जिल्लाका पनि व्यवस्था गरिएको जानकारी दिए । यस सम्वन्धमा सरकारले आगामी दिनमा थप वजेटको व्यवस्था गरिने मन्त्री कुसियतले जानकारी दिए ।

मन्त्री कुसियतले प्रारम्भिक अध्ययन र स्थानीय जनताको सहमती अनुसार नै इट्टा भट्टालाई स्विकृति प्रदान गरेको जानकारी प्रदेश सभामा गराए ।

यसैगरी आजको वैठकमा नेपाली काङग्रेस संसदीय दलका नेता राजीव कोइरालाले विशेष समय लिदै प्रदेशको नामाकरणका लागि वृहत छलफल गरी यही अधिवेशनमा सहमतीको आधारमा पूर्वाञ्चल वा १ नामाकरण घोषणा गर्नु पर्नेमा जोड दिए । उनले चालु आर्थिक वर्षको सात महिनामा २६ प्रतिशत वजेट खर्चवाट आगामी दिन असार वजेट खर्च भै विकास कहाँ पुग्ने छ भनि सभाको ध्यानाकर्षण गराए ।

नेता कोइरालाले आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरीद गर्ने एम्वुलेन्स र वारुणयन्त्र खरीद र वितरण पारदर्शी रुपमा प्रकिया मिलाएर वितरण गर्नु पर्नेमा जोड दिए । उनले वर्तमान प्रदेश सभा वैठककक्ष युग सुहाउँदो नभएको भन्दै अर्को सभा भवन निर्माण नभएसम्मका लागि यसलाई अत्याधुनिक र माइक्रोफोनयुक्त बनाउनका लागि सदनको ध्यानाकर्षण गराए ।

नेता कोइरालाले भारतमा दुर्घटनामा निधन भएका तीर्थयात्री र घाइतेहरु आवश्यक सहयोग र उपचारको व्यवस्थागर्न प्रदेश सरकारसंग माग समेत गरे ।

प्रदेश १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ ।

सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य इज्द्रमणि पराजुलीले १९ प्रतिशत गरीवीका रेखा मुनि रहेका जनतालाई निःशुल्क विमाको व्यवस्था गर्न विधेयकमा राख्नु पर्नेमा जोड दिदै सरकारी स्तरमा मेडिकल कलेज स्थापना गरी गरीव तथा पिछडिएका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न माग गरे । सदस्य कृष्णकुमारी राईले अस्पतालका कार्यरत चिकित्सकलाई एक दिनमा कति विरामी हेर्नु पर्ने विधेयकमा उल्लेख हुनु पर्ने भन्दै कार्यालय समयमा निजी क्षेत्रमा कार्य गर्ने चिकित्सलाई स्पष्टिकरण सोध्न व्यवस्था राख्नु पर्नेमा जोड दिइन् । अर्की सदस्य खिनु लङवा लिम्वुले विधेयकमा प्रदेशमा गुणस्तरीय प्रयोगशाला निर्माण हुने खुशीको कुरा हो भन्दै सरुवा, महामारी, स्वच्छ पानी, अखाद्य वस्तु दुर्घटना उपचार। सरसफाई, शौचालय सम्वन्धमा विस्तृत रुपमा विधेयकमा उल्लेख गर्न आग्रह गरिन् ।

सदस्य जयराम यादवले विधेयकको प्रस्तावनामा मौलिक हक राख्न आग्रह गर्दै सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्षेत्रमा कार्य गर्न रोक्नु विधेयकको राम्रो पक्ष रहेको धारणा व्यक्त गर्नु भयो । उहाँले सवै वडामा सार्वजनिक शौचालयक निर्माणको व्यवस्था गर्नु पर्नेमा जोड दिदै अस्पतालमा रहेका विचौलियलाई सजायका सम्वन्धमा विधेयकमा स्पष्ट उल्लेख हुनु पर्ने बताउनु भयो ।

सदस्य यशोधा अधिकारीले महिलामा हुने पाठेघर रोग नियन्त्रणका लागि विधेयकमा स्पष्ट व्यवस्था उल्लेख हुनुपर्ने पर्नेमा जोड दिदै महिनावारी पछि पाठेघरको समस्या हुने भएकाले प्रदेशका सम्पूर्ण महिलालाई निशुल्क सेनेटरी प्याड वितरणका लागि विधेयकमा राख्न आग्रह गरिन् । सदस्य लिला सुव्वाले ग्रामीण तथा दुर्गम क्षेत्रका जनताले स्वास्थ्य उपचार नपाएर मौलिक हक हन्न भइरहेको छ भन्दै चिकित्सक सहित अस्पताल तथा स्वास्थ्य चौकी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्थापना गर्ने विधेयकमा उल्लेख गर्नु पर्ने बताए ।

शिव नाराायण गनगाईले प्रदेशको १३७ स्थानीय क्षेत्रमा ल्याव सहितको चिकित्सक स्वास्थ्य चौकीको निर्माण भएमा प्रदेश (कोशी) अस्पतालमा विरामीको चाप घटने बताउदै जनताको सहज पहुंच स्वास्थ्य क्षेत्रमा बनाउन विधेयकमा उल्लेख गर्नु पर्नेमा जोड दिए । श्रीप्रसाद मैनालीले मेची अञ्चल अस्पतालाई सुविधा सम्पन्न बनाउन मांग गर्दै सरकारी अस्पताल राम्रो उपचार सेवा उपलव्ध हुन्छ भन्ने सन्देश सर्वसाधारण गराउनु पर्ने आग्रह गरे । उनले सवै सरकारी अस्पतालमा सिटी स्क्यानको व्यवस्था गर्ने विधेयकमा उल्लेख हुनु पर्ने बताउँदै दुर्घटनामा घाइतेको उपचार व्यवस्थापन कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सभाका सदस्यहरुले शून्य समयमा मुलुकको समसायिक विषयमा बोल्दै सदस्य मोहम्मद ताहिर मियाँले कोशी टप्पु वन्यजन्त आरक्षणका जंगली जनावरहरुले किसानका अन्नवाली नोक्सान पु¥याएकोमा आवश्यक नियन्त्रणका लागि सदनको ध्यााकर्षण गराउदै नेपाली जंगली जनावरहरुले सीमा क्षेत्रवाट भारततर्फजाने रोकथाम आवश्यक रहेको बताए ।

सीता थेवे जवेगुले प्रधानमन्त्रीवाट फागुन ११ गते तमोर लिफ्टीङ खानेपानीको उद्घाटनवाट यस क्षेत्रका ३ हजार जनतालाई २८० वटा धारामार्फत स्वच्छ पानी उपलव्धताले जनताको वसाईसराई अन्त्य भएकोमा खुशी व्यक्त गरिन् ।

प्रदेश सभाको अर्को वैठक भोली दिनको दुई वजे वस्ने उपसभामुख सरस्वती पोखरेलले सदनलाई जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५