शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका विषयक अन्र्तक्रिया

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १९:२८

विराटनगर / शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा प्रदेश सरकारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले शिक्षामा विभेद कायमै रहेको बताए । सामुदायिक विद्यालयमा छोरी र निजि विद्यालयमा छोरालाई पढाउने संस्कार अझैपनि कायमै रहेको उनले बताए । शैक्षिक गुणस्तर राम्रो भएको विद्यालयम विद्यार्थीको अभाव नभएको प्रमुख पोखरेलले बताए । सामुदायिक विद्यालयहरु समयसँगै परिवर्तन हुन आवस्यक रहेकोमा प्रमुख पोखरेलले जोड दिए ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिव्यराज कट्टेलले सामुदायिक विद्यालयमा खानेपानी, छात्रा शौचालय, भौतिक पूर्वाधारको समस्या भएको बताए । कतिपय सामुदायिक विद्यालयमा खानेपानीको सुविधा नभएको उनले बताए । प्रदेश सरकारले खानेपानी, शौचालयको समस्या भएका विद्यालयलाई केन्द्रित गरेर समाधानको काम गरिरहेको उनले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ का निर्देशक मोहनदेव जोशीले मौलिक हक देखाउनका लागि मात्रै भएको बताए । उनले प्रदेश सरकारले ऐन निर्माण गरेपनि नियमावली र कार्यविधि बन्न नसकेको बताए ।

खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले विषादी परिक्षणका लागि उपकरण र पूर्वाधारको अभाव भएको बताए । अन्य परिक्षणको सुविधा भएपनि विषादी परिक्षणमा समस्या भएको रिजालले बताए । खाध्य ऐनमा विशेष व्यवस्था नभए सम्म गुणस्तरहिन वस्तु नियन्त्रण गर्न कठिनाई हुने उनको भनाई छ । अखाध्य वस्तु नियन्त्रणका लागि निर्देशिका बनाएर काम भईरहेको खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख रिजालले बताए । उनले भने ‘ निर्देशिका अनुसार पानीको नियमन गर्ने काम भईरहेको छ ।’

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर अशुं गुप्ताले संघिय र प्रदेश सरकारको कार्यक्रम अन्र्तगत जनता आवास कार्याक्रम प्रदेश १ का तीनवटा जिल्लामा सञ्चालनमा रहेको बताए । उनले जनता आवास कार्यक्रम अन्र्तगत ३ हजार ९ सय घर निर्माण गर्ने योजना अन्र्तगत ९ सय ७० वटा निर्माण गरिएको बताए । जनता आवास कार्यक्रम मोरङ, सुनसरी र उदयरपुर जिल्लामा सञ्चालनमा रहेको छ । गरिव, विपन्न तथा लोपोन्मुख जातिका लागि प्रति परिवार २ कोठे आवास निर्माण कार्यमा सरकारले ३ लाख ५० हजार सहयोग गर्दै आएको इञ्जिनियर अशुं गुप्ताले बताए ।

अन्र्तक्रियामा प्रयास नेपालका अध्यक्ष देवी भण्डारीले सामुदायिक विद्यालयको स्तर सुधार्नका लागि जनप्रतिनिधिहरु लाग्नुको विकल्प नभएको बताए । सेतो गुराँसकी सरु केसीले प्रारम्भीक कक्षामा विशेष शिक्षा दिन आवस्यक रहेकोमा जोड दिए ।

इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले नयाँ संविधान जारी भएसँगै अधिकारवादी संस्थाहरु आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा केन्द्रित भएको बताए । राजनीतिक आन्दोलन सकिएसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा केन्द्रित रहेर कार्यक्रमहरु शुरु गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५