जुवा खेल्दै गर्दा ६ जना झापामा पक्राउ

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १३:१२

झापा / झापाको विर्तामोड नगरपालिका ४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घर धनी २६ बर्षीया कोपीला लिम्बु तामाङसहित हल्दिवारी ४ का ५२ बर्षीय प्रल्लाद चुँडाल, विशुलाल मेचे, हल्दिवारी ५ का ३५ बर्षीय डम्बरबहादुर मगर, मेचिनगर नगरपालिका १३ का ५३ बर्षीय दिपेश क्षेत्री र ४६ बर्षीय भुपु राईलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा, नगद ९८ हजार, भारतिय रुपैयाँ १ हजार, मोवाइल ६ थान, ९ वटा मोटरसाईकल र १ वटा कारसमेत बरामद गरेको छ ।

पक्राउ परेका ६ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको अनारमनी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५