विराटनगरमा दिउँसै मापसे गरी सरकारी गाडी चलाउदा सिटी रिक्शालाई ठक्कर

खबर पूर्वाञ्चल, १४ फाल्गुन २०७६, बुधबार १९:४०

विराटनगर / सरकारी गाडीका चालकले मापसेगरी गाडी चलाउदा एक सिटी रिक्शालाई ठक्कर दिएको छ ।

विराटनगर महानगरपालीका १ स्थित ठूलो मिल छेउमा सरकारी गाडीका चालकले मादक पदार्थ सेव गरी सवारी चलाउदा सिटी रिक्शालाई ठक्कर दिएको हो ।

वार्णिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको बा १ झ ९९२१ को गाडीले को १ ह ४०१७ नम्बरको सिटी रिक्शालाई ठक्कर दिएको हो । ठक्करबाट सिटी रिक्शाामा सामान्य क्षती पुगेको छ । सिटी रिक्सामा क्षतिको लागी कार्यालयले मर्मत खर्च समेत व्याहोरेको छ ।

कार्यालयका प्रमुख हिमालय बराललाई लिएर कार्यालय तर्फ जादै गर्दा आज विहान साढे ११ बजेको समयमा चालक बुढीगंगा गाँउपालीका निवासी ३६ का श्रीनारायाण चौधरीले ठक्कर दिएका हुन् । ठक्कार दिने चालक चौधरी र उनले चलाएको सवारी अहिले जिल्ला प्रहरी कार्यालय मोरङका नियन्त्रणमा रहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५