विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पतालको जिर्ण भवन भत्काएर चार वटा सेवा नयाँ भवन बनाएर दिइने भएको छ ।
अस्पतालको सुपरिटेन्डेन मेसु डा. संगीता मिश्राका अनुसार नयाँ भवन आइसियू, सिसियू, नेफ्रोलोजी र न्यूरोलोजीको सेवा नयाँ भवनबाट हुने जानकारी दिइन् ।
अस्पतालको नयाँ भवन निर्माणका लागि बहुवर्षीय योजना अनुसार संघिय सरकारको संघिय आयोजना कार्यान्वयन इकाई भवन कार्यालयको नाममा चालु आर्थिक वर्षमा ४० करोड रूपैयाँ बजेट बिनियोजन भएको छ । त्यही बजेटबाट अस्पतालले आइसियू, सिसियू, नेफ्रोलोजी र न्यूरोलोजीको सेवाको लागि नयाँ भवन निर्माण हुने जानकारी दिइन् । यसरीमा तयारीमा जुटने उनले बताइन् ।
उनले अस्पतालको सभाहलमा बुधबार प्रदेशको मन्त्री, स्थानिय तहको प्रमुख उपप्रमुख, राजनैतिक दलका नेता, सुराक्षा निकायको प्रमुख, र सरोकारवालाहरू बिच छलफल राखेकी थिइन् । अस्पताल सुधारमा सर्बदलीय बैठक पनि बसेको छ,’ उनले भनिन्, ‘बैठकबाट आएको सुझाब लिएर अगाडी बढनेछु ।’ मास्टर प्लान बनाएर अस्पतालको भौतिक पूर्वाधार विकास र गुणस्तरीय सेवा प्रदानमा अगाडी बढने उनको भनाई छ ।
सर्वदलीय बैठकमा प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेसहित सरोकारवालहरूले अस्पतालको जग्गामा बनेको भवन अस्पतालको स्वामित्वमा ल्याउने र कोशी अस्पतालको सेवा विस्तार र नमुना अस्पताल बनाउन सुझाब दिए । उनीहरूले अस्पतालको सेवालाई विस्तार गरि मास्टर प्लान बनाएर कोशी अस्पताललाई शिक्षण कलेजको रूपमा विस्तार गरिनुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया