प्रदेश १ सरकारका संरचना निर्माणकालागि आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार

खबर पूर्वाञ्चल, १३ फाल्गुन २०७६, मंगलवार १९:५७

विराटनगर / प्रदेश १ सरकारलाई आवश्यक पर्ने संरचना निर्माणका लागि विराटनगर महानगरले सहयोग गर्ने भएको छ ।

प्रदेश सरकारका ब्यवस्थापिका ,कार्यपालिका, न्यायपालिका, र संबैधानिक निकायका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा महानगर तयार भएको हो ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आज प्रदेश १ का सभामुख प्रदिप भण्डारीलाई ज्ञापनपत्र बुझाउदै यस्तो प्रतिबद्धता जनाएका हुन् । मेयर पराजुलीले प्रदेश राजधानीको स्थानीय सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने बताए । उनले प्रदेश सरकारका प्रशासकीय केन्द्र एकै स्थानमा एकीकृतरुपमा निर्माण गर्न विराटनगर महानगरमा रहेका दर्जन बढी स्थानमा रहेका आवश्यक जग्गाहरु महानगर,प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।

विराटनगर महानगरका १९ वटै वडामा प्रयाप्त जग्गा रहेको र ती स्थानमा आवश्यक संरचना बनाउन सक्ने ठम्याइसहित महानगरले सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले प्रदेश सरकारका विभिन्न मातहतका निकायलाई आवश्यक संरचना आवश्यक रहेको र त्यसका लागि महानगरले देखाएको प्रतिबद्धता प्रति आभार ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५