लुम्बिनी / काँग्रेस सभापति शेरबहादुर देउवाले नीतिगत निर्णयको नाममा सरकारले मनपरी ढंगले काम गर्न थालेको आरोप लगाएका छन् ।
राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा सभापति देउवाले सरकारले नीतिगत निर्णयको नाममा मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका हुन् ।
सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्न कसैलाई छोड्न नहुने समेत बताए । उनले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने पनि बताए । अडियो टेप प्रकरणमा नेपाली काँग्रेसले पनि खोजी गर्ने सभापति देउवाको भनाइ छ ।
तपाईको प्रतिक्रिया