जनशक्ति अभावमा थन्किएको ब्रुमर मेसिन प्रयोगमा

खबर पूर्वाञ्चल, १२ फाल्गुन २०७६, सोमबार १९:०६

विराटनगर / आवश्यक जनशक्तिको परिपुर्ति भए संगै सडक किनारमा जमेको धुलो सफा गर्ने ब्रुमर गाडी बिराटनगर महानगरपालिकाले प्रयोगमा ल्याएको छ ।

ब्रुमर चलाउन जान्ने जनशक्ति नहुदा महानगरले मेसिन प्रयोग गरेर सडकको धुलो उठाउन सकिरहेको थिएन । ब्रुमर मेसिन ल्याएको झण्डै एक वर्ष पछी प्रयोगमा ल्याइएको छ । महानगरका सफाइ कर्मचारीलाई कम्पनीका तर्फबाट जाकिर हुसैनले तालिम समेत प्रदान गरिरहेका छन् । ब्रुमर मेसिनमा समस्या नरहेको र चलाउन जान्ने बनाउन आफुले सिकाइरहेको हुसैनले दावी गरेका छन् ।

ब्रुमर मेसिनका विषयमा विभिन्न सबालमा प्रश्नहरु उठेपछि महानगरले सम्वन्धित कम्पनी म्याच इन्टर टेसनस प्रालि काठमाण्डौलाई फिर्ता लान या प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्न चेतावनी दिएको थियो । २०७५ असोजमा ५५ लाख रुपैयाँ तिरेर भित्राएको ब्रुमर मेसिन आवश्यक तालिम र जनशक्तिको पूर्णता भए संगै सोमवारवाट विराटनगरका सडक सफा गर्न थालिएको छ । यससंगै महानगरले सफाइ कार्यक्रमको अनुगमन समेत गरेको छ ।

शहरका प्राय सवै भागमा सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुनेक्रममा रहेकाले ब्रुमर मेसिनवाट सफाइको अभियान थालिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए । उनले सफा सुन्दर विराटनगरको कल्पना गरेको र सोही बमोजिम काम गरिरहको बताए ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरका विभिन्न स्थानमा सरसफाई अभियान जारी रहेको बताए । विराटनगरका मूख्य सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको र सफाइलाई ब्यवस्थित बनाउने अभियानमा महानगर लागेको जानकारी दिए । हालसम्म महानगरभित्र करिब १ सय ५० किलोमिटर कालोपत्रे सडक तयार भएको छ । अधिकांश बाटाहरु कालोपत्रे बन्ने चरणमा पुगेको महानगरको भनाइ छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५