धरान / विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीको धरानमा जारी २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको अनितम चारमा प्रवेश गरेको छ ।
पुलिसले मेची नेत्रालय काँकाडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ३–१ गोल अन्तरले पराजित । खेलको ११ औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै नेत्रालयललाई सुरुआती अग्रता दिलाएका हुन् । पुलिसका गोलरक्षकले राम्रो बचाउ गरेपनि रिबन्ड बलमा सञ्जयले गोल गर्दै नेत्रालयलाई अग्रता दिलाए । तर, ४१ मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गरी खेललाई बराबरीमा ल्याए । त्यसैगरी ४३ औं मिनेटमा जुमानु राईले थप एक गोल गरी पुलिसलाई मध्यान्तर अघि २–१ गोलको अग्रता दिलाए ।
यसपछि मेची नेत्रालयले गोल फर्काउन कडा प्रयास गरेको थियो । तर, पुनः पुलिसकै जुमानुले ७५ औं मिनेटमा थप एक गोल गरी टिमलाई ३–१ गोलको अग्रता दिलाए ।
आजको खेलको बेष्ट गोल गर्ने खेलाडी पुलिसका सुमन सुवेदी घोषित भए । उनले पाँच हजार रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दि म्याच पनि पुलिसकै जुमानु राई घोषित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सोमबार मनाङ मर्स्याङदी क्लब काठमाडौं र बेलबारी फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया