विराटनगर / मोरङ पथरीकी एक किशोरीलाई जवरजस्ती करणाी गरेको मुद्दामा अदालत दोषि ठहर गरेको अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । जक मुद्दामा पथरीशनिश्चरे १ घर भइ धरान बस्दै आएका ३६ वर्षिय सुर्य विश्वर्कमा प्रहरीले शनिबार पक्राउ परेको हो ।
विश्वकर्मासहित पथरीका राजुभन्ने रामबहादुर बुढाथोकी र दिपक नेपालीले २०६२ जेठ ११ गते मकैबारीमा लगेर किशोरीलाई सामूहिक बलत्कार गरेका थिए ।
पीडितले जाहेरी दिएपछि इप्रका पथरीले ०६२ असार १३ गते मोरङ अदालतमा अभियोग दर्ता गरेका थिए । तत्कालिन मोरङ अदालतका न्यायधीश चण्डीराज ढकाललको इजालशले २०६९ पुस २४ गते उनीहरूलाई सफाइ दिएको थियो ।
अदालतले दिएको सफाइ विरूद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन गरेको थियो । तत्कालिन पुनरावेदन अदालतका न्यायधीश नरेन्द्रकुमार शिवाकोटी र अग्नीप्रसाद थपलियाको संयुक्त इजालशले ०७१ वैशाख १० गते जिल्लाको आदेश उल्टाउँदै तीनै जना प्रतिवादीलाई जनही १० वर्ष कैद २५ हजार रुपैयाँ क्षतीपूर्ती प्रतिबादीबाट भराउन फैसला गरेको थियो ।
जिल्लाको फैसलालाई उल्टाउँदै तत्कालिन पुनारवेदन अदालतले तीन जना प्रतिवादीलाई कैदको फैसला सुनाएपछि उनीहरू फरार थिए । फरार भएका मध्ये विश्वकमालाई पथरी प्रहरीले पक्राउ गरि आइतबार अदालतमा उपस्थिती गराएको छ । सोही दिन कैद भुक्तानको लागि कारागार पढाएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । जवजस्तरी करणी मुद्दामा दोषि ठहर भएका रामकुमार बुढाथोकी र दिपक नेपाली भने फरार छन् ।
तपाईको प्रतिक्रिया