त्रिविको सत्र प्रणालीको अध्ययनवाट दक्ष जनशक्ति उत्पादन हुने

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७६, आईतवार १७:४३

विराटनगर / त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको चारवर्षे सत्र(सेमिष्टर) प्रणालीको अध्यापनवाट योग्य र दक्षजनशक्ति उत्पादन हुने वक्ताहरुले बताएका छन् ।

आज विराटनगरमा मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आयोजित दुई दिने स्नातकोत्तर तह चौथो सत्र, स्नातक तह पहिलो वर्ष, स्नातक कम्प्यूटर एप्लिकेशन( विसिए) दोश्रो, तेश्रो सत्र अभिमुखीकरण तथा पुनःर्ताजकीय कार्यक्रममा सहभागिहरुले सत्र प्रणालीले विद्यार्थीहरुमा अनुसन्धानमुलक अध्ययनमा विशेष ज्ञान प्राप्त आर्जन गरी सक्षम नागरिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनीहरुले देशभरीमा आङ्गिक र सम्वन्धन प्राप्त १२६ क्याम्पसमा कम्प्युटर एप्लिकेशनमा अहिलेसम्म पाँच सत्रमा ९० प्रतिशत विद्यार्थी उर्तीण हुनु र विदेश पलायनमा नियन्त्रण हुन सफलता प्राप्त भएको हो भन्दै अझै यसका पाठ्क्रम समय अनुसार परिस्कृत गर्नुपर्नेमा जोड दिए ।
पाठयक्रम गुणस्तरीय र समयसापेक्ष वनाउनु पर्नेमा जोड दिदै उनीहरुले नयाँ कोर्ष लागुु गर्नुभन्दा अगाडि प्राध्यापकहरुलाई दक्ष वनाउन अभिमुखीकरण आवश्यक भएको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले सत्र प्रणालीले अनुसन्धानमूलक वनाउनका साथै अध्ययनका लागि स्थलगत भ्रमणका व्यवस्थाले विद्यार्थीहरु राष्ट्रको लागि योग्न जनशकित उत्पादन हुने बताए । उनले प्राध्यापकहरुमा अध्ययन संस्कतिको विकासमा जोड दिदै कक्षा अध्ययन नगराउनमा गौरव गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

अर्थशास्त्र विभागका प्रमुख प्राडा. कुसुम शाक्यले अर्थशान्त औजार भएको यो घरदेखि राष्ट्रको समृद्धिका लागि आवश्यछ भन्दै यसमा नयाँ परिकृत विषय प्रवेश गराउन सवैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा मानविकी तथा सामाजिक संकायका डीन प्राडा शिवलाल भुसाल, प्रा डा अम्मराज जोशी, प्राडा. देवीप्रसाद गौतम र महेन्द्र मोरङ वहुमुखी क्याम्पसका प्रमुख डा. वावुराम तिमिल्निाले मानवीकी संकायलाई माथि उठाउन र र बजारसंग जोड्ने कार्यमा प्राध्यापक लाग्नु पर्ने बताए ।

विश्वविद्यालय अन्तर्गत मानवकी संकाय अन्तर्गतको स्नातकतहमा ३९ विषयमा अध्यापन भइरहेको छ भने स्नातकोत्तर तहमा ३५ विषयमा अध्ययन भइरहेको सोही अवसरमा जानकारी दिइयो ।

प्रदेश १ र २ का विश्वविद्यालयका चार सय जना प्राध्यापकहरुले विभिन्न २० विषयहरुमा दुई दिनसम्म पुनर्ताजकीय र अभिमुखीकरण कार्यक्रममा सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५