पूर्वाञ्चल खबर
अस्पतालले आफ्नो २८ औं वार्षिकोत्सवको कार्यक्रम गर्न लाग्ने खर्च बराबरको रकम पत्रकार पौडेललाई सहयोग गरेको हो ।
अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी मनाउने गरेकोमा यसपटक त्यो सम्पूर्ण कार्यक्रम स्थगित गरी त्यसमा लाग्ने खर्च पौडेललाई दिने निर्णय गरिएको अस्पतालका प्रबन्धक निर्देशक हरिशरण रिजालले बताए । कार्यक्रममा बोल्दै रिजालले स्वास्थ्य समस्या जोकोहीलाई पनि आउन सक्ने भन्दै स्पार्क अस्पताललाई शुरुका दिनदेखि सहयोग गर्दै आउनुभएका पौडेललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
उक्त रकम कमल पौडेलका छोरा अभिन्न पौडेललाई हस्तान्तरण गरिएको थियो ।
लामो समयदेखि पत्रकारितामा रहेका कमल पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा समाचार प्रमुखको रुपमा कार्यरत थिए । उनी हाल सिभिल अस्पतालमा उपचाररत छन् ।
अस्पतालका निर्देशक रूपेश अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आफ्नो अस्पतालले पत्रकार पौडेललाई सहयोग गरेको भन्दै अन्य संस्थाले पनि उनको सहयोगमा हात अघि बढाएमा उनलाई बचाउन सकिने बताए ।
वाषिकोत्सव कार्यक्रममा स्पार्क अस्पतालमै १२ वर्षदेखि कार्यरत क्यान्सरका बिरामी काजी महर्जनलाई पनि ५० हजार सहयोग रकम हस्तान्तरण गरेको थियो ।