गल्ति गर्नेलाइ पार्टीले छुट नदिने:अध्यक्ष प्रचण्ड

खबर पूर्वाञ्चल, १० फाल्गुन २०७६, शनिबार २०:२३
फाइल तस्वीर

नवलपुर / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

प्रेस संगठन नेपाल नवलपुरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले कसैले गल्ती गरेको भए पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिन लगाएको बताउँदै प्रचण्डले यसमा बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएको बताए । त्यसैले यो समस्या समाधानको विषयतिर गएको पनि प्रचण्डले बताए ।

अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । म अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं, पत्रकारहरुसंग अध्यक्ष प्रचण्डले भने । सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र छलफल भइरहेको पनि अध्यक्ष प्रचण्डले बताए ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कुनैपनि हालतमा पारित गराउनु पर्ने पक्षमा आफू रहेको पनि अध्यक्ष प्रचण्डले बताए । केही विषयलाई परिमार्जन गरेर भएपनि एमसीसी पारित गराउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५