प्रदेश बलियो भएमात्र विकास र समृद्धि : उर्जामन्त्री पुन

खबर पूर्वाञ्चल, ९ फाल्गुन २०७६, शुक्रबार १९:५१

विराटनगर /उजार्, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले संघीयतालाई संस्थागत गर्नु पर्ने जोड दिएका छन् ।

आज विराटनगरमा पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रोमत तथा हाम्रोमत अनलाईन’को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले प्रदेश सरकार र संरचनाहरु बलियो भएमात्र विकास र समृद्धि सम्भव हुने बताएका हुन् ।

संघीयताले विकासका आधारहरु तयार पार्ने र छोटो समयमा नै त्यसको सुरुवात भइसकेको मन्त्री पुनले बता बताए । मन्त्री पुनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चार माध्यम आलोचनात्मक हुनु पर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्नमा पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे ।

मन्त्री पुनले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनः जनतामाझामा नै जाने सञ्चार माध्यमले अब जनताको नयाँ भावना, आकाँक्षालाई बोक्नु पर्ने सुझाव दिए । मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चार माध्यमको भूमिका अझ फराकिलो हुनु पर्ने भन्दै मन्त्री पुनले सञ्चालर माध्यम पनि समयअनुकुल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानु पर्ने कुरामा जोड दिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता विकास र समृद्धिको मुलबाटो भएको बताए । संघीयताको यात्रा कठिन भएको तर यसैको माध्यमबाट समृद्ध नेपालको सपना पुरा हुने उनले बताए । मुख्यमन्त्री राईले राष्ट्रको लक्ष्य र आकाँक्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकार नकारात्मक मात्र होइन सकारात्मक कुराहरुलाई पनि प्राथमिकता दिनु पर्ने बताए ।

नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चार माध्यम जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनु पर्ने बताए ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका प्रशंसनीय रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको यो पत्रिकाले जनताको समस्यालाई उठान गर्न सफलता मिलोस् भन्ने शुभकामना दिए ।

नेपला पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुँइटेलले प्रेस कानून पत्रकारमैत्री बन्नु पर्ने धारणा राखे । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले र आयोजकका अध्यक्ष नवलप्रसाद उपाध्यायले हाम्रोमत पत्रिकाले संधै नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गरे ।

सात सम्मानित

अवसरमा विसं २०६१ वैशाख ६ गते जनविद्रोह साप्ताहिकबाट शुरु गरिएको सो पत्रिका अहिले ‘हाम्रोमत’मा रुपान्तरण भएको हो । सोही अवसरमा लामो समयदेखि पत्रिमा लागेर योगदान पुर्याएका पत्रकार, सम्पादक, संस्थापक र सञ्चारकर्मी शिवकुमार डाँगी, गणेश उप्रेती, नवराज कट्टेल, विनोद घिमिरे, विमल लामिछाने, राजन केडी र पूर्वसमाचारदाता दयाराम दाहाललाई सम्मान गरियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५