AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७६, बिहीबार १५:३९
3
Shares

काठमाण्डौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बास्कोटाले राजीनामा दिएका हुन् ।

सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्नि सापकोटाले दिएका हुन्।

कांग्रेसले मन्त्री बाँस्कोटाको विषयलाई लिएर संसद अवरोध गर्ने बताएपछि सापकोटाले जानकारी दिएका हुन्। यद्यपि, बैठक भने अगाडि बढ्न सकेन।

बाँस्कोटा २०७४ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए। तर, २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनी मन्त्री भएका थिए।

सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्रीले बाँस्कोटालाई गत पुस २५ सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर