१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आज भएको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका हुन् । एपिएफले होङग्वान्जी न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । एपिएफले न्यु डायमण्डलाई २५–९, २५–१५ र २५–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । पुलिसले आर्मीलाई २५–१९, २५–२३ र २६–२४ ले हराउँदै उपाधि यात्रा तय ग¥यो । पुलिस र एपिएफ उपाधिका लागि शुक्रबार भिड्नेछन् ।
सेमिफाइनलमा पराजित आर्मी र न्यु डायमण्डले तेस्रो स्थानको लागि शुक्रबारै प्रतिस्पर्धा गर्नेछन् । बिहीबार नै लिगको अन्तिम खेलमा आयोजक रेडियो दिदिबहिनीद्वारा वाक ओभर पाउँदै नेपाल पुलिस समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो ।
प्रतियोगिताको विजेताले पाउने दुई लाख नगद पुरस्कार जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लले प्रायोजन गरेका छन् । दोस्रो हुने टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थानको लागि प्रदान गरिने ५० हजार नगद पुरस्कार स्थानीय समाजसेवी राजन श्रेष्ठले प्रायोजन गरेका छन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईले बताइन् ।
तपाईको प्रतिक्रिया