प्रदेश १ मा मानव अधिकार उल्लङघन तथा ज्यादतीकाका घटना बढे

खबर पूर्वाञ्चल, ७ फाल्गुन २०७६, बुधबार १९:२६

विराटनगर / अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० मा प्रदेश १ मा गतवर्षको तुलनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेकले प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० प्रदेश १ को मानव अधिकार अवस्था विषयमा छलफल कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार मानव अधिकार उल्लङ्घन र ज्यादतीमा घटनामा गत वर्ष भन्दा यस वर्ष वृद्धि भएको छ ।
इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज आयोजना गरेको मानव अधिकार अवस्था छलफल कार्यक्रममा सन् २०१९ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् ।

प्रदेश १ का १४ वटा जिल्लामा इन्सेक प्रतिनिधिले सन् २०१९ को जनवरीदेखि डिसेम्वर सम्म अभिलेखीकरण गरेका घटनामा ८ सय ५२ जना पीडित भएको इन्सेक प्रदेश संयोजक सोमराज थापाले बताए ।

इन्सेक अभिलेखीकरणका आधारमा सन् २०१९ मा गिरफ्तारीका घटनामा ८३ जना,महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय ३५ जना, हत्या घटनामा ७७ जना, बालअधिकार उल्लङ्घनका घटनामा ३ सय १ जना पीडित भएका छन् । जसमा इन्सेक अभिलेखका अनुसार राज्य पक्षबाट २ जनाको हत्या, ४ जनामाथि कुटपिट, ६ जना कुटपिटबाट घाइते, ८३ जना गिरफ्तार,अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारबाट एक जना र हिरासत थुनुवामा एक जनाको मृत्यु भएको उल्लेख छ ।

सन् २०१८ मा प्रदेश १ मा ७ सय ८७ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा पीडित भएका थिए । जसमा राज्य पक्षबाट ६१ जना पीडित भएका थिए । महिला अधिकार उल्लङ्घनका घटनामा ४ सय १९ जना,जातीयविभेदका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ४३ जना, बालअधिकारका घटनामा २ सय ३९ जना पीडित भएको इन्सेकले अभिलेख गरेको थियो ।

सन् २०१९ मा भोजपुरमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु र झापामा एक जनाको हिरासतमा मृत्यु भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।
यसैबीच नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को सार्वजनिकीकरण तथा प्रदेश १,को मानवअधिकार अवस्थाका विषयमा पत्रकार, अधिकारकर्मीबीच आज इन्सेक प्रदेश १,कार्यालयले छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

इन्सेक कार्यालयमा आयोजित छलफल कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सन् २०१९ मा उत्कृष्ट अनुगमन र अभिलेखीकरण गरेको मूल्याङ्कन गर्दै इन्सेक उदयपुर प्रतिनिधि भरत खड्कालाई नगद सात हजारसहित प्रशंसा पत्रले सम्मान गरेको छ ।

छलफल कार्यक्रममा प्रमुख अतिति प्रदेश सभा सदस्य अम्बिका थापाले इन्सेकले नेपालको मानव अधिकार आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । उनले युद्धका बेला महिला, बालिका र ज्येष्ठ नागरिक पीडित हुनु स्वाभाविक भए पनि शान्ति प्रक्रिया पश्चात पनि महिला,बालिका र ज्येष्ठ नागरिक दिनप्रति दिन पीडित हुँदै जानु चुनौती थपिएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख मोहनदेव जोशीले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई अभिलेखीकरण गरी नेपाल सरकारलाई सघाएको बताए । उनले जनयुद्धमा पीडित भएकाहरुले इन्सेक अभिलेखकरणका आधारमा पछिल्ला दिनमा न्याय पाउन थालेकाले नेपाल मानव अधिकार वर्ष पुस्तकको महत्वझन् बढेको बताए ।

सामाजिकविकास मन्त्रालयकामानवअधिकार विज्ञ कोषराजन्यौपानेले अधिकारकर्मीका लागि इन्सेकको वर्ष पुस्तकउत्कृष्ट दस्तावेज भएको बताए । उनले इन्सेक आगामी वर्ष पुस्तकमा मौलिकहकका विषयमा राज्यले उपलब्ध गराउने सेवा सुविधाका बारेमा अनुगमन गर्न आवश्यक रहेको बताए ।

मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष डिकप्रसाद घिमिरले इन्सेकले २८ वर्षसम्म नेपालको मानव अधिकार अवस्थालाई वर्ष पुस्तकमा अभिलेखीकरण गरी पीडितलाई न्याय दिलाउनकालागि पहल गरेको बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५