विराट एक्स्पोमा ५ दिनमा ७ करोडको कारोबार

खबर पूर्वाञ्चल, ६ फाल्गुन २०७६, मंगलवार २१:०३

विराटनगर / प्रदेश १ को राजधानी अद्यौगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा ५ दिनमा ७ करोडको कारोबार गरेको छ ।

एक्स्पोका प्रचार संयोजक नन्दकिशोर राठीका अनुसार आजसम्म ३० हजार बढीले अवोलकन गर्नुका साथै ७ करोड बढीको कारोबार भएको जानकारी दिए ।

एक्स्पोमा राखिएका मनोरञ्जनका साधनहरूले अवलोकनकर्तालाई धेरै आकर्षित पारेको छ । एक्स्पोमा राखिएको रोटे पिङ, मौतका कुवालगायतका मनोरञ्जनका साधनले एक्स्पोमा आउनेलाई आकर्षित गरेको हो ।

एक्स्पोमा निश्चित मूल्यको सामान खरिद गर्दा लक्की ड्र कुपन तान्न पाइने भएकाले उपभोक्ता यस्ता वस्तुहरूको खरिद गर्न उत्साहित देखिएका छन् । यतिमात्रै हैन लक्की ड्र मार्फत उपहार पाउँदा उपभोक्ता निक्कै दंग पर्ने गरेका छन् । विराटनगर–३ की सुनिता सुवेदीले लुगाधुने साबुनको खरिदमा चिठ्ठा तान्दा जुस बनाउने मिक्सर उपहारमा पाइन् । साबुन किन्दा जुस मेकर पाएकोमा आफू धेरै खुसी लागेको सुवेदीले बताइन् ।

उपभोक्तालाई आकर्षित गर्न एक्स्पोमा चिठ्ठा र उपहारहरू राखिएका छन् । एक्स्पोमा रिङखेल, तिर खेललगायतका खेलमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । यस्तै अष्ट्रिच चरा पनि आगन्तुकहरूका लागि अकर्षणको केन्द्र बनेको छ । अष्ट्रिच चराको नजिक जाने, हेर्ने र सेल्फी खिच्न एक्स्पो आउनेहरू व्यस्त हुने गरेका छन् । एक्स्पोमा बालबलिकाका लागि निःशुल्क खेल्ने सामग्री पनि राखिएको छ ।

साथै एक्स्पोमा राष्ट्रिय र स्थानीय कलाकारहरूले दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिँदै आएका छन् । बुधबार मोडल रोनाली अमात्यको विशेष प्रस्तुति हुनेछ ।

जुत्ता र कपडामा बजार भाउभन्दा छुट पाएकाले उभोक्ताको आकर्षण भएको हो । दैनिक कलाकारले साँगीतिक कार्यक्रम गर्दै आएका छन् ।

मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५