AArya
RUMPUM
animated ellipse animated ellipse

भाषा तथा संस्कृतिक विद जोशीलाई ‘सुर्दशन–कपिला सिरपा’ पुरस्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७६, आईतवार २१:०५
3
Shares
विराटनगर / ‘सुर्दशन–कपिला सिरपा’ द्धारा २ लाख राशीको पुरस्कारबाट भाषा तथा संस्कृतिक विद् सत्यमोहन जोशीलाई सम्मान भएका छन् ।

झी पुचः का संरक्षक एंव समाजसेवी विराटनगर १० का सुर्दशनबहादुर श्रेष्ठले स्थापना गरेको १५ लाखको अक्षयकोषबाट जोशीलाई काठमाण्डौमा एक भव्य समारोहको बिच सम्मान गरिएको हो ।

जोशीलाई संघिय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

झी पुचः (नेपाल भाष तथा सांस्कृतिक संघ) विराटनगरले नेपाल भाष तथा संस्कृतिको संरक्षण, सवद्र्धन एंव जर्गेना गर्ने संस्था वा व्यक्तिलाई प्रत्येक २ वर्षमा कदर पत्रसहित नगद २ लाख रुपैयाँले सम्मान गर्ने झी पुचः का वरिष्ठ उपाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । झी पुचः विराटनगरले सुर्दशन–कपि ट्रष्ट’ को विनियमावली बनाएको छ ।

नेपाल सम्वत ११०१ तथा वि.स. २०३८ सालमा नेपाल भाषा एवं संस्कृतिको जर्गेना र उत्थान गर्ने उद्देश्यले झी पुचः स्थापना भएको हो । उक्त संस्थाले प्रत्येक वर्ष नेपाल सम्वत, न्यहुँ दः, बेल विवहा, ब्रतबन्ध, गाई जात्रा जस्ता संस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर