RUMPUM
animated ellipse animated ellipse

नयाँ फ्लेबरमा ‘बहुलाकाजीको सपना’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७६, आईतवार २०:४८
3
Shares

विराटनगर / विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको बहुलाकाजीको सपना नाटकप्रति आमदर्शकको आकर्षण बढेको छ ।

विजय मल्लले लेखेको ‘बहुलाकाजीको सपना’ हेर्न विराटनगरसहित आसपासका दर्शकको चाप बढेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ ।

विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिका रुपमा मञ्चन भैरहेको उक्त नाटक कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समेत समावेश छ । माघ २६ गतेदेखि फागुन १० गतेसम्म मञ्चन हुने ‘बहुलाकाजीको सपना’ नाटकमा सबै विद्यार्थीहरुको अभिनय रहेको छ । मेक्सिम गोर्कीको दर्शनमा आधारित रहेको बहुलाकाजीको सपनामा यो पल्ट नयाँ प्रयोग गरिएको छ । स्टेज लाइट र म्युजिकले नाटकमा नयाँ कुरा थपेको छ । नाटकका विषयवस्तुलाई नयाँ र कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

विद्यालय र कलेजहरुले अग्रिम बुक गरेर आफ्ना विद्यार्थीहरुलाइ नाटक देखाइरहेका छन् । उद्घाटन शोमा नाटकले खासै दर्शकको ध्यान खिच्न नसके पनि दिनहुँ कलाकार खारिंदै जाँदा नाटक सफल भएको आयोजक समितिका कट्वाल दीपक जनाए । विद्यालय र कलेजका विद्यार्थीले झनै नाटक मन पराएको उनको भनाइ छ । यो नाटक कक्षा ११ र १२ को पाठ्यक्रममा समावेश छ । नाटकमा अशोक गौतम विवेक आचार्य, सन्देश बाराकोटी, अनिल खत्री, प्रदीप दाहाल, मनिसा बराल, आशुतोष कोइराला, प्रिया कडेल, अल्का सुवेदी, आस्ना सत्यालको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर