पूर्वाञ्चल खबर
बेलवारी/ मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
आज बिहान पौने १० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका १ का ५५ बर्षीय नरबहादुर खड्का र सोही स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिलबहादुर खड्का घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारको लागि विराटनगरको न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा दिलबहादुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ ।