RUMPUM
animated ellipse animated ellipse

विश्व कीर्तिमान बराबरीसहित नेपालको शानदार जीत, सन्दीपले लिए ६ विकेट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७६, बुधबार ११:१९
3
Shares

विराटनगर / आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।

आाईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पार्दै ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंकसहित छैठौ स्थानमा रहेको छ ।

नेपालले ३६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो । तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्र छक्का हान्दै खेल सकाएका थिए । नेपालका लागि पारस खड्काले २० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १५ रन बनाएर अविजित रहे । अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए ।

यस अघि सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा समेट्दै नेपालले विश्व कीर्तिमान बराबरी गरेको छ । एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीलाई सबैभन्दा कम योगफलमा समेट्ने टोलीका रुपमा नेपालले श्रीलंकाको विश्व कीर्तिमान बराबरी गरेको हो ।

श्रीलंकाले जिम्बावेलाई सन् २००४ को अप्रिल २५ तारिखमा ३५ रनमा अलआउट गरेको थियो । त्यतिबेला जिम्बावे १८ ओभर टिकेको थियो भने अहिले नेपालसामु अमेरिका १२ ओभर मात्र टिक्न सक्यो ।

अमेरिकालाई सस्तोमा समेट्न सन्दिप लामिछानेले ६ र सुसन भारीले चार विकेट लिए । सन्दीप एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर भएका छन् ।

उनले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चिए। अर्का स्पीनर सुसनले ३ ओभरमा एक मेडन राखेर पाँच रन खर्चँदै चार विकेट हात पारे। सन्दीपले सातौँ र १२ औँ ओभरमा दुई दुई विकेट लिएका थिए।

नेपालले टस जितेर पाहुना टोली अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन ओभर फालेका थिए भने दोस्रो ओभरको छैटौं बलमा सन्दीपले इयान होल्याण्डलाई सुन्य रनमा पूर्व कप्तान पारस खडकाले पहिलो स्लिपमा क्याच गरेका थिए ।

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा ४ विकेट रह्यो ।

अमेरकाका लागि जेभियर मार्शलको १६ रन बाहेक अन्य कुनैले दोहोरो अंक बनाएनन् । अमेरिकाका चार खेलाडी शून्य रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर