AArya
RUMPUM
animated ellipse animated ellipse

सुर्ती तथा सुर्तिजन्य पद्धार्थ नियन्त्रण अभियान विराटनगरबाट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७६, आईतवार २०:४३
3
Shares

विराटनगर / सामाजिक विकास मन्त्रालयले आजदेखि विराटनगरका विद्यालय र सार्वजनिक क्षेत्रमा सुर्ती तथा सुर्तिजन्य पद्धार्थ नियन्त्रण अभियान शुरु गरेको छ ।

फागु १ गतेदेखि प्रदेश १ भरि विद्यालय र सार्वजनिक क्षेत्रको १ सय मिटर वरपर सुर्ती तथा सुर्तिजन्य पद्धार्थ पूर्णरुपमा निषेधित गर्ने अभियानको पूर्व सन्ध्यामा सामाजिक विकास मन्त्रालयले विराटनगरमा रहेको अरनिको माध्यामिक बिद्यालयबाट अभियानको थालनी गरेको छ ।

सुर्ति निषेधित क्षेत्र घोषणा अभियानको कडाईका साथ कार्यान्वायन गरिने मन्त्रालयले जनाएको छ । यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको निर्णय अनुसार मुख्यमन्त्रीसहितको उपस्थितीमा प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट यो अभियानको शुभारम्भ गरेको थियो ।
मुख्यमन्त्री कार्यालयबाट शुरु भएको अभियान भौतिक पुर्बाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुुन मन्त्रालय, भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ब्यानर नै टाँसेर कडाई गरेको छ ।

सार्वजनिक स्थलमा सुर्ती तथा सुर्तीजन्य पद्धार्थको नियमन तथा नियन्त्रण गर्न बनेको ऐनलाई टेकेर प्रदेश सरकारले मन्त्रालय र आसपासका १ सय मिटर भित्र सुर्ति तथा सुर्तीजन्य बस्तुको प्रयोग, बिक्री बितरण र सेवनमा रोक लगाईएको सामजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । ऐन बन्ने तर कार्यवन नहुने भन्दै मन्त्री घिमिरेले प्रहरी र प्रसाशनले मात्र यो ऐन लागु नहुने बताए ।

विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुलीले सुर्ती तथा सुर्तीजन्य पद्धार्थ सेवन नगर्न सुचना र सचेतन गर्न सवैलाई आग्रह गरे ।

यो अभियान भनेको त झारो टार्ने काम मात्र हो भानु कलेजका को-अर्डिनेटर आरसी कोइरालले भने । फ्याक्ट्रि बन्द नगर्ने अनि स्कूल कलेजमा गएर अभियान सञ्चान गर्ने अनि कहाँबाट यो अभियान सफल हुन्छ को-अर्डिनेटर कोइरालको बताए ।

मन्त्री घिमिरेसहितको टोलीले अरनिको स्कूलदेखि शूरु भएके अभियान कान्तीपुर कलेज , हिमालय दर्शन कलेज, भानु कलेज, शिक्षादिप कलेज ग्रिनल्याण्ड कलेज, कोवास कलेज, अर्किड कलेज तथा लर्डबुद्ध कलेजसम्मका १ सइ मिटर वरपरका पसल अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर