पूर्वाञ्चल खबर
विराटनगर/ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कूलले आयोजना गरेको अन्तर स्कूल चेस प्रतियोगितामाअम्बर यादव प्रथम भएका छन् । ४५ जना विद्यार्थीहरूलाई पछि पार्दै उनले चेस प्रतियोगिताको उपाधि जितेका हुन् ।
स्कूल परिसरमा आज सम्पन्न भएको प्रतियोगिताको द्धितीय एजेनिता श्रेष्ठ र तृतीय सिवानी मण्डल घोषित भइन् । छात्रातर्फ भएको प्रतियोगितामा विमल यादव, द्धितीय तानिया साह र तृतीय सानिया सिंह भइन् । उक्त प्रतियोगितामा ४६ जना विद्यार्थीहरूले भाग लिएको स्कूलका निर्देशक भरत सापकोटाले जानकारी दिए ।