पूर्वाञ्चल खबर
विराटनगर / नेपाली युवा अलराउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा नयाँ विश्व कीर्तिमान अर्धशतकसँगै आइसीसी क्रिकेट विश्वकप लिग लिग–२ मा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले जित हात पारेको छ ।
जितसँगै नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको पहिलो जित हात पार्दै २ अंक जोडेको छ ।
कुशल डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । कुशले १५ बर्ष ३४० दिन नेपालकै रोहितकुमार पौडेलको रेकर्ड तोडेका छन् । रोहितले १६ वर्ष १४६ दिनमा युएईसँग भएको दोस्रो ओडीआईमा महान् क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । सचिनले कम उमेरमा टेस्टमा रेकर्ड बनाउने खेलाडी भारतीय क्रिकेटर सचिन तेन्दुलकर थिए। उनले पाकिस्तानविरुद्ध १६ वर्ष २१३ दिनको उमेरमा ५९ रन बनाएर टेस्ट क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए । पाकिस्तानका साहिद अफ्रिदीको एकदिवसीयमा १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध प्रहार गरेका थिए ।
कुशलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए । विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएको खेलमा नेपालले ४९ ओभर २ बलमा सवै विकेट गुमाई १ सय ९० रन सामान्य योगफल बनाएको थियो । भण्डारीले ७९ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै ५९ रन बनाउँदा क्प्तान ज्ञानेन्द्र मल्लले २१ रन, पूर्व कप्तान पारस खडकाले १९,करण केसीले १२ रन र शुसन भारीले ११ रनको योगदान दिए ।
एक समयमा २० दशमलव ५ बलमा ४९ रनमा ५ विकेटको अवस्थामा रहेको कुशल र विनोदले ८७ बलमा ८४ रनको ठोस साझेदारी गर्दै घरेलु टोली नेपालको इनिङ्स उकासेका थिए ।
१९१ को लक्ष्य पछ्याएको अमेरिकाले ४४ दशमलव १ बलमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । अमेरिकाका इयन होल्यान्डले ७५ रन बनाउँदा क्यामरन स्टेभनसनले १९ रन तथा करिमा गोर र रुस्टी थोरनले समान १०–१० रन बनाए । नेपालका म्यान अफ द म्याच करण केसीले ४ विकेट लिए । करणले ७ दशमलव १ बल बलिङ गर्दै १ मेडन सहित १५ रन दिए । दोस्रो खेल खेलेका सुशन भारीले ३ विकेट लिँदा नेपालका स्टार लेग स्पीनर सन्दिप लामिछानेले २ विकेट तथा पहिलो खेल खेलको कुशल मल्लले १ विकेट लिए ।