AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मासु व्यवसायी संघको अध्यक्षमा सिवाकोटी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७६, शुक्रबार १९:५२
3
Shares
विराटनगर / मासु व्यवसायी संघ मोरङको अध्यक्षमा सुभाषचन्द्र सिवाकोटी चयन भएका छन् ।

मासु व्यवसायीहरूको भेलाले सिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मोकतार कुरेसी, सचिवमा मो. सहनवाज, सहसचिवमा रणदीप थापा र कोषाध्यक्षमा आशादेवी चौधरी चयन भएका छन् । त्यस्तै मो. जावेद मन्सुरी, कृष्णकुमार माझी, सरिता खड्का, टंकप्रसाद गौतम, मो. एहसान, मो. अलिसेर कुरेली, मो. गफार र विशाल राई सदस्यमा निर्विरोध निर्वाचन भएका छन् ।

मोरङभरिका मासु व्यवसायीहरूको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । संघले मासु व्यवसायीहरूको हक अधिकारलाई सशक्त रुपमा उठाउने नवनिर्वाचित अध्यक्ष सिवाकोटीले बताए । मोरङमा ५ सयभन्दा बढी मासु व्यवसायी छन् । दैनिक ५ हजार किलोभन्दा बढी मासुको माग रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर