पूर्वाञ्चल खबर
मोरङ लगायतका जिल्लाहरुमा नवौं चरणको अभियान सञ्चालन हुँदै गरेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले जानकारी दिए । उनले मोरङमा १३ प्रतिशत हातिपाइलेको संक्रमित रहेको जानकारी दिए । मोरङको साविकको डानिया, मझारे र दादरवरियामा हातिपाइले संक्रमित बढी देखिएको छ । मोङमा १० लाख ८७ हजार ७ सय २१ जनसंख्या रहेको मध्ये ९ लाख २४ हजार ५ सय ६२ जिल्लामा खुवाउने लक्ष्य राखेको छ । मोरङमा ५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ ।
विगतमा सर्वसाधारणले हातिपाइले रोग विरुद्धको औषधि सेवन गर्न डराएका कारण पनि यि जिल्लाहरुमा आम औषधि सेवन अभियानका चरणहरु थप गर्नुपरेको बताइएको छ । यस पटक भने सर्वसाधारणलाई विश्वस्त तुल्याउन स्वास्थ्यकर्मीहरुलाई नै औषधि वितरणमा परिचालन गर्ने तयारी छ ।