RUMPUM
animated ellipse animated ellipse

भाषा,संस्कृतिको संरक्षणवाट समृद्धि कायम हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७६, शनिबार २१:५०
18
Shares

विराटनगर / मुलुकमा समृद्धिको आधार तयार गर्न लोपन्मुख भाषा,संस्कृति ,भेषभूषा संरक्षण हुनुपर्ने सहभागीहरुले जोडदिएका छन् ।

योङ्ग हार्ट ग्रुप मोरङ कटहरी–१ मा आज आयोजित आदिवासी, जनजाती, लिपी , संरक्षण, समृद्धि तथा अनुसन्धान कार्यक्रममा सहभगीहरुले सङ्घीयताको कार्यान्वयनका क्रममा आदिवासी समुदायले आफ्नो धर्म, सस्कृति, भाषा, खाना आदिमा प्रवद्र्धन गर्न राज्यवाट सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले विभिन्न जातजाति तथा समुदाय वसोवास गर्ने यस क्षेत्रमा उनीहरुको संस्कृति सरक्षण गर्न पालिका सदैव तप्पर रहेको बताए ।
कार्यक्रममा राजवंशी, थारु,शेर्पा, राई, तामाङ, मगर, मडियारी समुदायका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रम स्थल महेशपुरमा राजवंशी लगायत विभिन्न आदिवासीका खाना, भेषभुषा आदिका विभिन्न १२ वटा स्टल राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर