RUMPUM
animated ellipse animated ellipse

विराटनगरको सिएमजी क्लब भयो अन्तर्राष्ट्रिय भेट्रानको उपविजेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७६, शनिबार १९:३८
9
Shares

विराटनगर / अन्तर्राष्ट्रिय भट्रान टुनामेन्टको विराटनगरको सिएमजी स्वास्थ्य क्लब उपविजेता भएको छ ।

भारतको आसममा सम्पन्न भएको प्रतियोगितामा सिएमजी स्वास्थ्य क्लब उपविजेता भएको हो । आयोजक भारतको सिलचर भेट्रान क्लबसँग सिएमजी क्बलले फाइनलमा १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनलमा म्यान अफ द श्रिरिज सिएमजी स्वास्थ्य क्लबका सुमन केसी घोषित भएका थिए । सिएमजी क्लबले प्रतियोगितामा चार वटा टिमलाई जितेर फाइनलमा पुगेको क्बलका अध्यक्ष किशोर धमलाले जानकारी दिए । उपविजेता भएका खेलाडीहरूलाई आज विराटनगरमा एक कार्यक्रम गरि क्बलले सम्मान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर